×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK

नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला, फारम भर्न कहाँ जाने ?

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषकोे ५० हजार कित्ता संस्थापक सेयर आज सोमबार (साउन १२ गते) बाट बिक्री खुला गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) कोे संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
संस्था यो सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १८ सय रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
यसमा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसार काठमाडौं र एलआइसी नेपालको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यस्तै, एसबीआई बैंकको विराटनगर, बिर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी