×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासीमा पाँच प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नवलपरासीमा पाँच प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । बिहिबार पूर्वी नवलपरासीमा ५ जना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  असर ३० गते गैडाकोटको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका व्यक्ति तथा साथै सुरक्षाकर्मीकोसमेत स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा ५ जना प्रहरीसहित १८ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले नवलपुरमा बिहीबार पाँच जना प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । इलाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत प्रहरीलाई छुट्टै आईसोलेसनमा राखिएको छ । संक्रमितमध्ये ५ जना महिला र १३ जना पुरुष रहेका छन् ।  स्वास्थ्य प्रमुख चापागाईले इलाका प्रहरी कार्यालय गैडाकोटमा बिहीबार नै अन्य सुरक्षाकर्मीको स्वाब संकलन गर्ने तयारी भएको जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी