×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० उडानमार्फत बिहीबार मात्रै १२४१ नेपाली स्वदेश फिर्ता, २ शव पनि ल्याइयो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आज (बिहिबार) मात्र सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका १ हजार बढी नेपालीहरुलाइ स्वदेश ल्याएको छ । सरकारले विभिन्न देशबाट १० वटा हवाई उडानमार्फत एक हजार २ सय ४१ जना नेपाली स्वदेश फर्काएको हो । 
कुवेतबाट मात्र पाँच सय ७५ जना फर्किएका छन् । उक्त देशबाट नेपाल एयरलाइन्सले २ सय ५५ जना ल्याएको छ भने जजिरा एयरलाइन्सले दुई वटा विमानमार्फत ३ सय २० जनालाई ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट १ सय ५२ यात्रु र २ वटा शव ल्याएको छ । मालिन्दो एयरले मलेसियाबाट एक सय ६२ जना लिएर आएको छ । 
श्री एयरलाइन्सले बंगलादेशबाट २६, नेपाल एयरलाइन्सले साउदी अरबको जेद्दाबाट २ सय २२ र हिमालय एयरलाइन्सले मालदिभ्सबाट एक सय ४ जना यात्रु र एक जना बच्चा लिएर आएको छ । पछिल्लो समय सरकार विभिन्न देशबाट धमाधम नेपालीहरु उद्दार कार्यमा लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: