- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ । नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको बताइएको छ ।