Skip to content
LAXMI SUNRISE BANK

ग्राहकको रकम आफ्नै खातामा हाल्ने नेपाल बैंकका धुन्दुकारी कर्मचारीविरुद्ध अख्तियारले हाल्यो मुद्धा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बेला बेलामा विभिन्न काण्डमा मुछिरहने नेपाल बैंकका तत्कालीन शाखा प्रवन्धक भुपराज कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएको छ । बैंकको सिष्टम ह्याक गरी बैंकको खातामा राख्नु पर्ने पैसा आफ्नै खातामा राख्ने बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ कायम हुने गरी आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाई मासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन मागदाबी लिनका लागि विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK