- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल फाइनान्स कम्पनीले १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले हकप्रद जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रद सेयरलाई आधारभुत पक्ष कमजोर जनाउने ‘इक्रा एनपी ग्रेड ५ ’ रेटिङ दिएको छ ।
कम्पनीले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।