- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा थप ९ जना संक्रमितहरु थपिएका हुन् ।
थपिएका अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने रहेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । साथै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको उनले जानकारी दिएका छन् । संक्रमितहरूको बलम्बुस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।