Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकद्वारा ६ विभागको नाम परिवर्तन, अनुसन्धान विभागको नाम अब आर्थिक अनुसन्धान विभाग हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विभाग र उपत्यका बाहिरका कार्यालयको नाम परिवर्तन गरेको छ । गभर्नरस्तरीय निर्णयअनुसार साउन १ बाट लागु हुने गरी ६ वटा विभाग र उपत्यकाबाहिरका कार्यालयको नाम परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अनुसन्धान विभागको नाम परिवर्तन गर्दै आर्थिक अनुसन्धान विभाग राख्नेको छ । सामान्य सेवा विभागको नाम परिवर्तन गर्दै सम्पत्ति तथा व्यवस्थापन विभाग, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम परिवर्तन गरेर लघुवित्त संस्था सुपरीवेक्षण विभाग, संस्थागत योजना विभागको नाम परिवर्तन गरेर संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग राखिएको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै बैंकिङ कार्यालयको परिर्वतन गरेर नाम बैंकिङ विभाग, सूचना प्रविधिको विभागको नाम परिवर्तन गरेर सूचना प्रविधि महाशाखा तथा उपत्यका बाहिरका कार्यालयको नाम परिवर्तन गरेर प्रदेशस्थित कार्यालय राखिएको राष्ट्र बैंकले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK