- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ९.०२ अंकले बढेर १३४०.२९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको २६ लाख ७८ हजार ५०७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ११ करोड १० लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १६ करोड ५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र एनआईसी एशिया बैंकको भएको छ ।

यता, बिहिबारको कारोबार बैंकिंग, होटल्स, विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन्। सबैभन्दा धेरै सुर्योदय लघुवित्त र स्वरोजगार लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै तिनाउ मिसन डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर विकास कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्