×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १४.०९ अंकले घट्यो बजार, २ अर्ब ८० करोडमाथिको कारोबार हुँदा नेप्से १४६४.९४ विन्दुमा

PRIME CA

सोमबार १४.०९ अंकले घट्यो बजार, २ अर्ब ८० करोडमाथिको कारोबार हुँदा नेप्से १४६४.९४ विन्दुमा

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार १४.०९ अंकले घटेर १४६४.९४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८१ कम्पनीको ७० लाख १ हजार २५८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८० करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस कम्पनीको कुल २० करोड १४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र एनआइसी एशिया बैंकको भएको छ ।
यता, सोमबारको कारोबार बैंकिङ्ग, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन्। सबैभन्दा धेरै युनाइटेड फाइनान्स र एनआइसी एशिया लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुराँस लघुवित्त र मन्जुश्री फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: