
नेपालगञ्ज । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् ।
सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगञ्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।“कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगञ्जमा व्यापारिक चहलपहल राम्रो छ”, सङ्घका महासचिव ओलीले भन्नुभयो, “पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपथ्र्यो, अहिले नगदमै कारोवार हुन थालेको छ ।”
सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगञ्जको चहलपहल बढेको हो । उपभोक्तालाई नेपालगञ्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ । सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ । नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्