
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदुरको कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ । बिहीबारबाट स्वाब संकलन सुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब संकलन सुरु गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब संकलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।
मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने बताइएको छ । उनका अनुसार ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब संकलन गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्