×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट कतार, कुवेत र यूएईमा एक हप्तामा १६ नेपालीको मृत्यु, संक्रमित संख्या कति ?

LAXMI SUNRISE BANK

कोरोनाबाट कतार, कुवेत र यूएईमा एक हप्तामा १६ नेपालीको मृत्यु, संक्रमित संख्या कति ?

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कतार, कुवेत र यूएईमा एक हप्तामा १६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गएको साता कतारमा ८, कुवेतमा ३ र यूएईमा ५ जना नेपालीको कोरोनाबाट ज्यान गएको हो ।
कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको मृत्यु अघि नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा रहेका १ सय ६० जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।
समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । अहिलेसम्म कोराना सङ्क्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु निको भएको स्वास्थ्य समितिले जनाएको छ । विदेशमा रहेका ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी