×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब २१ करोड २४ लाखको कारोबार !

LAXMI SUNRISE BANK

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब २१ करोड २४ लाखको कारोबार !

२३ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा बजार ३७.९३ अंकले बढेर १३३६. ६६ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ९ करोड १२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र  हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ ।
यता मंगलबार कारोबारमा रहेका सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल सेवा लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी