×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : न्युरोडका सुनचाँदी पसल सुनसान, सडक पेटिका ब्यापारी पनि ग्राहकको प्रतिक्षामा !

PRIME CA

देश बोल्ने फोटो कथा : न्युरोडका सुनचाँदी पसल सुनसान, सडक पेटिका ब्यापारी पनि ग्राहकको प्रतिक्षामा !

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सुनचाँदीको मूल्य ह्वात्तै बढेपछि न्युरोडका सुन पसल सुनसान भएकादेखि सडक छेउमा मास्क बेच्न बसेका व्यापारी ग्राहकका प्रतीक्षामा बसिरहेकासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
‘कोभिड १९’ का कारण सरकारले गरेको लकडाउन खुलेपछि पनि बजारमा मानिसको चहलपहल बढेको छैन । सधैँ व्यस्त देखिने न्युरोडका सुन पसल यति बेला सुनसान देखिन्छन । 
काठमाडौँको वसन्तपुुरमा सडक छेउमा मास्क बेच्न बसेका व्यापारी ग्राहकको प्रतीक्षामा ।
पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उहाँले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल बिक्री गर्दै आउनु भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भासिएर अवरुद्ध भएपछि व्यास नगरपालिका–१२ घाँसीकुवामा रोकिएका सवारी साधन । सडक मर्मत कार्य भइरहेको हुँदा  प्रहरीले एकै ठाउँमा भीडभाड हुन नदिन दमौलीतर्फबाट जाने र दमौलीतर्फ आउने सवारी साधनलाई ठाउँ–ठाउँमा रोकेर राखेको हो । 
पहिराबाट निधन भएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका पदम चेपाङका परिवारलाई आइतबार रु एक लाख सहयोग गर्दै सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ ।
अस्थायी शिविरमा बसेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ राम्चेका पहिरो पीडित ।
व्यास नगरपालिका वडा नं २ स्थित बुल्दीखोला छेउमा रहेको खानेपानीको धारामा जोखिम मोल्दै पानी भर्दै स्थानीय ।
पहिराले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी ६ वर्षीया अमिना थापा हजुरबुबाको साथमा । गत असार २९ गते आएको पहिरोले बालिकाको बुबाआमा, काकाकाकी र बहिनीको मृत्यु भएको थियो । 
ध्यपुरथिमि नगरपालिका–५ सिद्धिकाली मन्दिर परिसरको ढुङ्गेधारामा पानी पिउँदै  ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा स्कुटर तार्दै युवा । पर्यटकीय क्षेत्र धारापानी जाने सडकमा पुल नहुँदा आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । 
व्यवस्थापनको अभावमा अस्तव्यस्त बागलुङ जिल्लाको प्रवेशद्वारमा अवस्थित शहीद स्मृति उद्यान । 
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आदिकवि भानुभक्त आचार्य र घाँसीको स्मृतिमा निर्माण गरिएको पार्क । पृथ्वी राजमार्गसँगै जोडिएको यस पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । 
सुनसरीको रामधुनी नगरपालिकाको एक कङ्क्रिट बस्तीबीचको धान खेती । बढ्दो शहरीकरणसँगै अहिले तराईका थुप्रै खेत ‘कि खडेरी कि घडेरी’ भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: