Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया बैंकको जागिर खाएर पनि गीत लेख्न फुर्सद निकाल्छन् डंगोल, सार्वजनिक भयो नयाँ गीत !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता


काठमाडौं । एनआइसी एशिया बैंकमा प्रबन्धक जिम्मेवारीमा रहेका गौतम डंगोल ‘सन्देश’ को नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘म विनाको संसार’ बोलको गीत बिहिबार युट्युवमार्फत सार्वजनिक भएको हो ।

१६ वर्ष बैंकिङ क्षेत्रको अनुभव संगालेका उनी गीतकार पनि हुन् । उनका यसअघि पनि दर्जन बढी गीतहरु सार्वजनिक भइसकेका छन् । तत्काल सार्वजनिक भएको गीतमा स्वर भूगोल दाहालको छ भने संगित भिषण निरौलाको रहेको छ । संगित संयोजन सुमित आर्यर रोमी बस्नेतले गरेका हुन् भने गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आर्य गरेका हुन् । यस्तै उनका प्रिन्ट तथा अनलाईन मिडियामा गरि उनका १०० भन्दा बढि लेख रचना प्रकाशित छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK