×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तका कर्मचारीमा पनि देखियो कोरोना !

  • अर्थ सरोकार संवाददाता  
कञ्चनपुर । कञ्चनपुरमा लघुवित्तका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा काम गर्दै आएको कैलाली जिल्लाको गोदावरी नगरपालिकाका ४२ वर्षिय कर्मचारीमा संक्रमण पुष्टि भएपछी कार्यालय सील गरिएको छ । संक्रमण पुष्टि भएका कर्मचारीलाई महाकाली अस्पतालको आइसोलेसन वार्डमा राखिएको शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । 
“संक्रमित कर्मचारीको ट्राभल हिस्ट्र खोज्ने कार्य भैरहेको छ । संस्थाका अन्य कर्मचारीलाई होम क्वारेन्टिनमा बस्नका लागि भनेका छौं ।  संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबै जनाको पिसिआर परिक्षणका लागि नमूना संकलन गरी परिक्षणका लागि पठाउने व्यवस्था भैरहेको छ”, स्वास्थ्य शाखा प्रमुख भट्टले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: