×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लघुवित्तका कर्मचारीको प्रश्न -‘स्वास्थ्य ठुलो कि धन ?’ कोरोना संक्रमित कर्मचारी निको नहुँदै किन खुल्यो निर्धन ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कोहीलाई के धन्दा, कोहीलाई के धन्दा, के जातिलाई खानकै धन्दा’ भन्ने उखान चरितार्थ हुनेगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कोरोना संक्रमित कर्मचारीलाई निको नहुँदै संस्था खोलेर लापरवाही गरेको छ ।  शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका फिल्ड प्रमुखमा कोरोना पुष्टि भएपछी गत असार २४देखि शाखा कार्यालय बन्द रहेको थियो । तर कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै संस्था फेरि खोल्न हतार गरिएको हो । जवकी यस्तो अवस्थामा केहि समय क्वारेन्टाइनमा बस्न र आराम गर्न डाक्टरहरुले सुझाव दिने गरेका छन् ।
एक जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएसँगै अन्य कर्मचारी पनि कोरोना भाइरसको संक्रमण भए नभएको यकिन गर्न संक्रमित कर्मचारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका ८ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको  भन्दै तुरुन्त शाखा खोलिएको हो । यसले कर्मचारी र त्यहाँ पुग्ने ग्राहकहरुलाई मनोवैज्ञानिक असर गरेको छ । नेपालमा भइरहेका परिक्षणका रिपोर्टहरुबारे नै विभिन्न टिकाटिप्पणी भइरहेका बेला संस्था खोल्न हतार गरिनु गलत भएको स्थानीयहरुको भनाइ छ । सोमबार सेती प्रादेशिक अस्पतालबाट रिपोर्ट नेगेटिभ आउने बित्तिकै संस्था खोलिएको हो । जवकी यसअघि पनि एक पटक नेगेटिभ आएर पुन: पोजेटिभ आएका वा एक पटक पोजेटिभ आएर पुन: नेगेटिभ आएका उदाहरणहरु छन् ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: