×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

GLOBAL IME BANK
SHREE KESH

एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ९ गते मंगलबारबाट १०:६ अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । 
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयाेजनका लागि माघ २७ गते, साेमबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे ।लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकी र उपत्यका बाहिर नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ । सी–अस्वामार्फत आवेदन पाइनेछ । एनएलजीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: