×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले गर्यो कञ्‍चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

PRIME CA

एनएमबि बैंकले गर्यो कञ्‍चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । सभामा कञ्‍चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकको विशेषसभाले कञ्‍चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात (स्वाप रेसियो) १००:८५ पनि स्वीकृति गरेको छ । एनएमबि बैंकमा गाभिएपछि कञ्‍चनको सेयरधनीले १०० कित्ताबराबर एनएमबि बैंक ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

सुदूरपश्‍चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्‍चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्‍चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्‍नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्‍नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्‍नेछ । बैंकको सुदूरपश्‍चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्‍नेछ ।
कञ्‍चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: