
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक हजारको नयाँ नोटमा राखिएको जुम्ल्याहा हात्ती राम र लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुञ्जको सौराहा हात्तीसारमा छन् । यसअघि प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बुधबारबाट चलनचल्तीमा ल्याएको छ । बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको हो । उक्त नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर छ । नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।

नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको छ । नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्