Skip to content
LAXMI SUNRISE BANK

अनुमति प्राप्त संस्थासँग मात्र भुक्तानी सम्बन्धी कारोबार गर्न नेपाल राष्ट्र बैंकको आग्रह ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भुक्तानी सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरुबाट मात्रै भुक्तानी सम्बन्धि कार्य गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 
बैंकले राष्ट्र बैंकबाट अनुमति नपाएका संस्थाहरुलाईसमेत बैंक तथा वित्तीय संस्थाले डिजिटल पेमेन्ट पार्टनर बनाएको पाइएकोले अनुमति प्राप्त संस्थाहरुसँग मात्रै भुक्तानी सम्बन्धि कार्य गर्न आग्रह गरेको हो । ‘‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नु पर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्नरगराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’  बैंकको सुचनामा उल्लेख गरिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK