×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा !

Artha Sarokar

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै असार २२ गते (सोमबार)देखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जनाएको थियो । 
राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं जर ८९०००००१ देखि टर ३३ ९९९९९९ सम्मका ५० रुपैयाँ दरका नोट बजारमा पठाउने व्यवस्थापन विभागले जनाएको छ । यस नोटमा पनि ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०, रुपैयाँ पचास तुरुन्त पाइनेछ,’ भन्ने वाक्यांश उल्लेख गरिएको छ। 
यस्तै नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ भने नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। साथै दायाँतर्फ लालीगुँरासको पानी छाप छ । नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने नोटको मध्य भागमा हिउँ चितुवाको चित्र रहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी