×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, आजै दिउँसो ३ बजे बोलकबोल हुने !

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । जुन २०७७ साल असोज २७ गते परिपक्क हुनेछ । यस्तै बैंकले १८२ दिनका लागि ६ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यो ट्रेजरी २०७७ साल पुस २८ गते परिपक्क हुनेछ । साथै, १ वर्षका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७८ साल असार २९ गते परिपक्क हुनेछ । 
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी