- अर्थ सरोकार सम्बाददाता
राष्ट्र बैंकले कोरोना भाइरस महामारीका कारण साँवा र ब्याजसमेत भुक्तानी गर्न नसक्ने ऋणीहरुलाई पुनर्कर्जा दिने भएको हो । पर्यटन, होटल, स्टिल, सिमेन्ट, आयात निर्यात गर्ने कम्पनी, उत्पादन मुलक उद्योगमा संलग्न ऋणीलाई पुनर्कर्जा उपलब्ध गराइएको छ।
बैंकहरुले पुनर्कर्जाको आवश्यकता पर्ने ऋणीहरुसँग निवेदन माग गरेका थिए । बैंकहरुले ऋणीको निवेदनलाई आन्तरिक मूल्यांकनपछि राष्ट्र बैंकसँग प्रस्ताव लैजाने व्यवस्था छ । सोही अनुसार बैंकहरुले बुझाएको विवरणका आधारमा राष्ट्र बैंकले पुनर्कर्जा दिने निर्णय गरेको हो । जससंगै १४२ ऋणीले ऋण पाएका हुन् ।