×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक हजार रुपैयाँको नयाँ नोट बजारमा, नयाँ नोटमा राम लक्ष्मणको चित्र !

LAXMI SUNRISE BANK

एक हजार रुपैयाँको नयाँ नोट बजारमा, नयाँ नोटमा राम लक्ष्मणको चित्र !

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज (बुधबार) बाट नेपाल राष्ट्र बैंकले रु १००० को नोट चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै २६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बुधबारबाट चलनचल्तीमा ल्याइने जनाएको हो । बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको छ । 
बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । उक्त नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर छ । नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ । यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ ।
नयाँ नोटमा दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ । दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश रहेको छ । नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ । ‘रामलक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी