×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन इन्फ्रास्टक्चरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ भोलिदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआरएन इन्फ्रास्टक्चरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ भोलिदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ भोलि (साउन १६ गते)देखि निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो । 
कम्पनीले जारी गर्ने आइपिओमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयर रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।  
अन्य समूह अन्तर्गतकाे रहेकाे यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएकाे छ । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी