- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ साउन १६ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयर रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतकाे रहेकाे यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएकाे छ । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।