×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनएद्वारा बाढीपहिरो पीडित राहत कोष स्थापना, विपदमा परेका पीडितलाई सहयोग गर्ने

LAXMI SUNRISE BANK

एनआरएनएद्वारा बाढीपहिरो पीडित राहत कोष स्थापना, विपदमा परेका पीडितलाई सहयोग गर्ने

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । 
कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने सङ्घले जनाएको छ । नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी