- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगाका कोरोना संक्रमित युवा निको भएर घर फर्किएका छन् । भारतबाट आएका उनमा असार ७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनी जिल्लाका पहिलो संक्रमित हुन् । कोरोनामुक्त भएपछि कोरोना अस्पताल विराटनगरमा उपचाररत रहेका उनी सामेबार डिस्चार्ज भएका हुन् ।
जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले संक्रमण मुक्त भएका युवालाई घर ल्याउने व्यवस्था गर्न गाउँपालिकालाई जानकारी गराइएको बताए । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।