×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभर कोरोना निको हुनेको संख्या बढ्दै, सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत सङ्क्रमित डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देशभर कोरोना निको हुनेको संख्या बढ्दै, सुदूरपश्चिम प्रदेशमा ३३ प्रतिशत सङ्क्रमित डिस्चार्ज !

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी
कैलाली । सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझसम्म यहाँका नौवटै जिल्लामा गरेर तीन हजार ७५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ पहिलोपटक गत चैत दोस्रो साता दुबईबाट घर फर्किएका कैलालीको धनगढीका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म कोरोना पुष्टि भएका एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन् । पिसीआर विधिबाट कोरोना परीक्षणका लागि २६ हजार ९९१ जनाको स्वाब सङ्कलन गरिएकामा शनिबारसम्म ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँ कोरोना जित्नेको दायरा बढ्दै गइरहेको बताउनुभयो । “अन्यत्रभन्दा यहाँ निको भएर जाने अवस्था निकै सन्तोषजनक छ”, उहाँले भन्नुभयो, “हामीले यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।” उहाँले सुदूरपश्चिममा क्वारेन्टिनमा रहेका नागरिकको पिसिआर विधिबाट परीक्षणका लागि नमूना सङ्कलन भइरहेको बताउनुभयो । यहाँका स्थानीय तहका क्वारेन्टिनमा हाल चार हजार ९७३ जना भारतलगायत बाहिरबाट आएर बसिरहेका छन् । “जेठमा यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्या ६६ हजारभन्दा बढी थियो”, निर्देशक डा अवस्थीले भन्नुभयो, “अहिले भारतबाट आउनेको सङ्ख्यामा पनि कमी आएको छ ।” 
उहाँले भिडिएमलगायतका स्वास्थ्य उपकरण अभावका कारण स्वाब सङ्कलनमा केही ढिलाइ भइरहेको बताउनुभयो । “कैलाली जिल्लाका क्वारेन्टिनमा रहेकाको स्वाब सङ्कलन आज करिब ७० प्रतिशत सकिन्छ”, अवस्थीले भन्नुभयो, “अन्य जिल्लामा पनि सङ्कलन कार्य भइरहेको छ ।” उहाँले भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसेका कम्तीमा एक हप्तापछि स्वाब सङ्कलन गर्ने गरेको बताउनुभयो ।
“क्वारेन्टिनमा बस्नासाथ स्वाब सङ्कलन गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “कम्तीमा सात दिन भएकै हुनुपर्छ ।” निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये दुई हजार ८९० पुरुष र ८६८ महिला रहेका छन् । सङ्क्रमितमध्ये ८१ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी