×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा एकैसाथ ६९० जनाले जिते कोरोना, जिल्लाका विभिन्न अस्पतालबाट डिस्चार्ज !

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा एकैसाथ ६९० जनाले जिते कोरोना, जिल्लाका विभिन्न अस्पतालबाट डिस्चार्ज !

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशका ६९० जना संक्रमित निको भएर घर फर्किएका छन्  । स्वास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार शनिबार साँझसम्म विभिन्न अस्पतालबाट ६९० जना डिस्चार्ज भएका हुन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट १७१ जना, डडेल्धुरा अस्पतालबाट १०६ जना, महाकाली अस्पतालबाट ९९ जना, बयलपाटा अस्पताल अछामबाट ९८ जना, टीकापुर अस्पतालबाट ४८ जना र जिल्ला अस्पताल डोटीबाट ३८ जना डिस्चार्ज भएका हुन् । यस्तै जिल्ला अस्पताल बझाङबाट ३१ जना, बैतडीबाट १६ जना, बाजुराबाट १३ जना, मालाखेती अस्पताल कैलालीबाट १५ जना, गोकुलेश्वर अस्पतालबाट ६ जना, भजनी स्वास्थ्य केन्द्र र चौमाला प्राथमिकता स्वास्थ्य केन्द्रबाट पाँच/पाँच जना डिस्चार्ज भएका हुन् । 
नेपालमा हालसम्म  ६ हजार बढी निको भएर घर फर्किएका छन् भने १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टी भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: