- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ घुससहित पक्राउ गरेको छ ।
आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासीलाई पक्राउ गरेको हो । उनलाई ९ लाख ३४ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको हो ।
निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।