
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । पाल्पामा थप ५० जना संक्रमित निको भएर घर फर्किएका छन् । बगनासकाली गाउँपालिकाका २७, माथागढीका १२, तिनाउका ४ र तानसेन नगरपालिकाका ६ जनालाई घर पठाइएको हो ।
जिल्लामा ५ सय ५० संक्रमितमध्ये आइतबारसम्म ३ सय ५३ जना निको भइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए । उनीहरू सबैलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।
आइतबार भुसालडाँडा माविस्थित आइसोलेसनमा निको भएकाहरूलाई तानसेन नगरप्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले बिदाइ गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्