
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।
एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएपछि क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेका हुन् । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्