×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टी,आइसोलेशनमा उपचार हुँदै

PRIME CA
GLOBAL IME BANK

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टी,आइसोलेशनमा उपचार हुँदै

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये चार जना भारतीय नागरिक हुन् ।
अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पीसीआर गराउनेहरु छन् । उनीहरु सबैलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ बर्षीय छोरामा कोरोना देखिएको छ । यसअघि उनको दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ बर्षिय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुको आइसोलेशनमा उपचार हुँदैछ ।
यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आव्हान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: