
- अर्थ सरोकार सम्बाददाता ।
वीरगञ्ज । स्रोत नखुलेको २ लाख रुपैयाँसहित प्रहरीले १ जना पक्राउ गरेको छ । धोविनी गाउँपालिका– १ पिपरा बस्ने जय प्रकाश पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको टोलीले जगरनापुर गाउँपालिका–२ दशौताबाट उनलाई पक्राउ गरेको हो ।
ना २१ प ९४३१ नम्बरको मोटरसाइकलमा सवार पटेललाई चेकजाँच गर्ने क्रममा २ लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्