×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बस्ती विस्थापित गर्नेगरी गुरुयोजना ल्याइएको भन्दै पशुपति क्षेत्रका बासिन्दा आन्दोलित, खारेज गर्न माग ! (भिडियो)

PRIME CA

बस्ती विस्थापित गर्नेगरी गुरुयोजना ल्याइएको भन्दै पशुपति क्षेत्रका बासिन्दा आन्दोलित, खारेज गर्न माग ! (भिडियो)

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन् । पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मीक महत्व बिचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका हुन् । 
पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्नेगरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताउनुभयो । उहाँले गुरुयोजना विनासकारी र अदुरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गर्नुभयो । 
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ । त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशिल पाशुपत क्षेत्र ‘‘ग्वल’’ लाई पशुपति क्षेत्र विकास कोषले खेलवाड गरी विनाश र विध्वांशात्मक नीति लिएको बताएका छन् । हेनुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: