×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के साउनको दोस्रो सोमबार पशुपतिनाथको मन्दिर खुल्छ ? के भन्छन् कोषका सचिव ?

LAXMI SUNRISE BANK

के साउनको दोस्रो सोमबार पशुपतिनाथको मन्दिर खुल्छ ? के भन्छन् कोषका सचिव ?

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मन्दिर नखुल्ने भएको छ । सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताएका हुन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ । यद्यपी अन्य क्षेत्रको बन्दाबन्दी भने खुल्ला गरिएको  छ । साउनको पहिलो सोमबार पानि भक्तजनले बाहिरेबाट दर्शन गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । 
यता विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए । अन्य सबै क्षेत्र खुला भए पनि वैदिक सनातन धर्मावलम्बीले साउन महिनामा आस्थाका साथ पूजा आराधना गर्ने देशभरका शिवालय बन्द गरिएकामा ती संस्थाको आपत्ति थियो ।
कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनले यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताए । तर कोरोनाले रौद्र रूप लिए नेपालको अवस्थाले थेग्न नसक्ने भएकाले केही समयका लागि मन्दिर बन्द गर्नु नै उपयुक्त हुने उनको भनाई थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी