
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउन साउन ७ गतेसम्म लकडाउन कायमै रहेकाले पशुपतिनाथ मन्दिर नखुल्ने भएको हो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार सरकारले तत्काल पशुपति सर्वसाधरणका लागि खुला गर्ने निर्णय गरिनसकेकोले पहिलो सोमबार मन्दिर नखुल्ने भएको हो । दर्शनार्थीहरुलाई पूर्णतः रोक लगाउन नमिल्ने भएकाले उनीहरुले मन्दिरको बाहिरैबाट दर्शन भने गर्न सक्ने कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए ।
अहिले मन्दिरमा नित्यपूजा मात्र भइरहेको छ । हरेक वर्ष साउनको सोमबारमा पशुपतिलगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यस वर्ष भने बोलबम यात्रा पनि नहुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्