×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्यार्थी संघको प्रदर्शन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल विद्यार्थी संघको प्रदर्शन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग (भिडियो रिपोर्ट)

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । लक डाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो । दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताउनुभयो ।

सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उहाँले बताउनुभयो । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उहाँको भनाई छ । बबरमहलमा भएको प्रदर्शनमा सहभागिहरुले ‘जनता मार्न पाईदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौ’, सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी