- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालले आर्थिक वर्ष २०७६/७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार यो एक वर्षको अवधिमा पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयातमा मात्रै करिब २ खर्ब मूल्य बराबरको आयात भएको छ । खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्राजस्ता खनिज पदार्थ र इन्धन आयातमा मात्र एक वर्षको अवधिमा १ खर्ब ९४ अर्ब ७९ करोड रुपैयाँ विदेसिएको छ ।
तथ्यांकअनुसार नेपालको एक वर्षको निर्यातले पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयातमा बाहिरिने रकमको आधा पैसा पनि धान्दैन । जसको फलस्वरुप नेपालको आयातको तुलनामा निर्यातको हिस्सा मुस्किलले १० प्रतिशत हाराहारी मात्र रहने गरेको छ । यसले व्यापार घाटा चुलिने गरेको छ । नेपालमा एक वर्षको अवधिमा आइरन र स्टीलको आयात समेत १ खर्बभन्दा माथिको रहेको छ । यस्तो पदार्थ नेपालबाट भने १ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
फलाम र स्टिलका सामानको आयात भने १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात १ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्