×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ग्राहकविहिन बने चुरापोते पसल, काठमाडौँमा ह्वात्तै बढ्यो सवारीको चाप, कोरोनाको त्रास उस्तै !

अर्थ सरोकार

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार

PRIME CA

देश बोल्ने फोटो कथा : ग्राहकविहिन बने चुरापोते पसल, काठमाडौँमा ह्वात्तै बढ्यो सवारीको चाप, कोरोनाको त्रास उस्तै !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले साउनमा पनि ग्राहकविहिन बनेका चुरापोते पसलदेखि काठमाडौँमा सवारीको चाप बढेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
साउन महिनामा हरियो चुरापोते किन्न भीड हुने पसल कोभिड– १९ को सङ्क्रमणका कारण अहिले सुनसान देखिन्छ ।  
इलाम नगरपालिका, साँखेजुङस्थित एक चिया बगान चियाको अनुसन्धान गरिँदै । पछिल्लो समय चियाबारे बगानबगान पुगेर अनुसन्धान थालिएको छ ।
काठमाडौँको असन बजारमा शुक्रबार नागको चित्र अङ्कित नाग किन्दै । श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीका दिन घरघरमा नाग टाँसी पूजा गर्ने गरिन्छ । 
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा बया तोप चराले स–साना पात र रेसाहरुलाई जोडेर बनाएको गुँड । 
तनहुँको व्यासनगरपालिका–१३ स्थित भासिएको बुद्धसिं मार्ग । सडक भासिएपछि चितवन जोड्ने मार्ग अवरुद्ध हुनुका साथै भादगाउँ करादी खिरखादी खानेपानीको पाइपसमेत उच्च जोखिममा परेको छ । 
पहिरो खसेर अवरुद्ध भएको तनहुँको बन्दीपुर बजार जाने सडक । अविरल वर्षाका कारण डुम्रेदेखि बन्दीपुरसम्मको करिब सात किलोमिटर दूरीमा साना र ठूला गरी एक दर्जनभन्दा बढी पहिरो गएको छ ।
‘कोभिड १९’को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी खुलेपछि शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा गुडेका सवारी साधन । 
पोखराको फेवातालस्थित बाराही घाटमा झरीको पर्वाह नगरी शुक्रबार बिहान बल्छीको सहायताले माछा मार्दै स्थानीय युवा ।
तनहुँको व्यास नगरपालिका–५ पाटन र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्न सेती नदीमाथि निर्माण गरिएको पक्की पुल । तनहुँ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने उक्त पुल आयोजनाकै लगानीमा निर्माण भएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिएर अवरुद्ध भएपछि डुम्रे बजारमा सवारी साधनको लाइन । सडक मर्मतका लागि शुक्रबार र शनिबार उक्त मार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ खण्डको बोक्सेस्थित सडकमा झरेको पहिरो पन्छाइँदै । तीन दिनदेखि अवरुद्ध भएको लोकमार्ग बिहीबार साँझबाट एकतर्फी  सञ्चालनमा आएको छ ।  
इलामको सन्दकपुर गाउँपालिकास्थित स्थानीय बजारमा किसानले उत्पादन गरेको किवी किन्दै व्यवसायी । किसानले उत्पादन गरेको किवीलाई स्थानीय व्यापारीले खरीद गरेर बाह्य बजारमा बिक्री गर्ने गरिन्छ । 
पोखराको चिप्लेढुङ्गामा टुसा र निउरो बिक्री गर्न बसेकी महिला ।  टुसा र निउरो पोखरेली कोसेलीका रूपमा विभिन्न ठाउँमा लाने गर्छन् । 
धरान–१८ बुद्धचोकमा स्थापित किराँती सांस्कृतिक विम्ब चिन्डोको प्रतिमा । विसं २०७७ साउन १ गते प्रा डा टङ्क न्यौपानेले उद्घाटन गरेको प्रतिमा किराँती संवत् यल दोङ ५०८० तथा उभौलीका अवसरमा सार्वजनिक भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: