×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा – सलहले मकै नष्ट गरेपछि निराश बने किसान, सडक नबनेपछि स्थानीयवासीले बाटोमै रोपे धान !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले सलह कीराले खाएको मकैको बोट देखाउँदै गौमुखी गाउँपालिका–२ अर्खाका किसानदेखि ललितपुरको गोदावरीखण्डमा पर्ने हरिसिद्धिमा बाटो नबनेको विरोधमा स्थानीयवासीद्वारा सडकमा धान रोप्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
सलह कीराले खाएको मकैको बोट देखाउँदै गौमुखी गाउँपालिका–२ अर्खाका किसान । तीनसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै, कोदो र धानबाली ८० प्रतिशतसम्म सलहले यहाँ नष्ट गरेको छ ।
ललितपुरको गोदावरीखण्डमा पर्ने हरिसिद्धिमा बाटो नबनेको विरोधमा स्थानीयवासीद्वारा सडकमा धान रोप्दै । 
धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोडस्थित स्थानीय व्यापारीले आफ्नो घरको कौसीमा फलाएको लौका । सधैं बजारबाट तरकारी किनेर खाँदै आएका ती व्यापारीले बन्दाबन्दी समयमा व्यापार ठप्प भइ फुर्सदमा लगाएको तरकारी अहिले घरमै फलेको खान पाउँदा एक प्रकारको आनन्द महशुस भएको उनको भनाइ छ । 
सप्तरीको राजविराज नगरपालिका–६ स्थित खोप केन्द्रमा भिटामिन ‘ए’ खुवाउँदै स्वयम्सेविका । पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सप्तरी जिल्लाभरि एक हजार ७८ स्वयम्सेविका परिचालित छन् ।
खड्कदल गण रोल्पाले रुन्टीगढी गाउँपालिकाको होलेरीमा निर्माण गरेको हेलिप्याड  । स्थानीय तहमा आपत विपतमा परेकालाई हेलिकोप्टरबाट उद्धार गर्न सहजता होस् भन्ने उद्देश्यले होलिप्याड निर्माण गरेको हो । 
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं ४ बोल्देस्थित निर्माणाधीन वडा कार्यालय भवन । गाउँपालिकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएको छ ।
सदरमुकाम नजिकै इलाम बजारमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै स्वास्थ्य स्वयम्सेविका । 
बारबर्दिया नगरपालिका–११ जब्दीस्थित बबई नदी किनारमा भेडा, बाख्रा र भैँसी चराउँदै  ढकिया बुन्दै वृद्धा ।
पोखरा महानगरपालिका वडा नंं ९, दरबारथोक मार्गमा झोला सिलाउँदै युवक । छब्बीस वर्षीय विशाल बर्देवाले २३ वर्षदेखि उनका बुवाले अपनाएको पेशालाई ६ वर्षदेखि सघाउँदै आएका छन् ।
जाजरकोटको नलगाड नगरपालिका – ८ कार्यखेतमा धान रोप्दै किसान ।
पोखरा (२८ माझठानास्थित प्राकृतिक वरदान ढोडेलीखोला झरनाको अवलोकन गर्दै वडाध्यक्ष निर्मल दियालीलगायत । पछिल्लो समय सो स्थानमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक जाने गरेका छन् 
पोखरा महानगरपालिका–१६ स्थित अर्मला फाँट । लामो समयदेखि भ्वाङ पर्ने समस्या कालिखोलामा चेकड्याम निर्माणसँगै समाधान भएपछि विगत केही वर्ष अघिसम्म यहाँ बाँझो रहने सबै खेतमा यस वर्ष रोपाइँ गरिएको छ ।
बढैयाताल गाउँपालिका नजिकै १०७ विघामा फैलिएको बढैयातालमा फुलेको कमलको फूल ।
पोखरा महानगरपालिका–२६, विजयपुरस्थित धान रोपिसकिएको खेतको आलीमा लस्करै बसेका बकुल्ला ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: