×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भारी वर्षाका कारण बाह्रबिसे क्षेत्र डुबानमा, कञ्चनपुरका महिलालाई छाक टार्न माछाको भर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : भारी वर्षाका कारण बाह्रबिसे क्षेत्र डुबानमा, कञ्चनपुरका महिलालाई छाक टार्न माछाको भर !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो  ?यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भारी वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र डुबानमा परेकोदेखि कञ्चनपुरमा लगातारको वर्षा हुन थालेपछि नदी तथा खोलामा माछा मार्न जाने महिलाको लर्कोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं फोटो समाचार :
अविरल वर्षाको कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएका र पहिरो जाँदा दुई जनाको निधन भएको छ भने १३ जना सम्पर्कविहीन । स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन् । अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।
कञ्चनपुरको जोनापुरका थारू महिला माछा मार्न जाँदै । लगातारको वर्षा हुन थालेपछि नदी तथा खोलामा माछा मार्न जानेको लर्को लाग्न थालेको छ ।
 बैतडीको श्रीभावरदेखि हाट जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । श्रीभावरदेखि हाट सम्मको सडकका धेरै ठाउँमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा आएको सवारी चालकहरुले बताएका छन् । 
काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भू नजिक रहेको शान्ति पोखरी आसपास क्षेत्रमा सजाइएका ध्वजामा बसेका बाँदर ।
गए रातिदेखि अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले १५ घर बगाएको र केही व्याक्ति सम्पर्कविहीन भएका छन् ।
हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित कागबेनी । पितृ तर्पण र स्नान गर्न भक्तजन यहाँ आउँछन् ।
व्यास नगर जेसीजले बिहीबार तनहुँको दमौलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा रगतदान गर्दै । दमौली अस्पतालमा रगतको कमी भएपछि जेसीजले आकस्मिक रक्तदान गरेको हो ।
धनगढी उपमहानगरपालिका–३ स्थित बडहरामा निर्माणाधीन दुई जिल्ला कैलाली र कञ्चनपुर जोड्ने पुल । उक्त पुलको निर्माणसँगै दुवै जिल्लाका स्थानीयवासीलाई आवतजावतमा निकै सहज हुने भएको छ ।
गृहसचिव महेश्वर न्यौपानेबाट नवनियुक्त  प्रहरी  महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई  बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान ।
बाँकेको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई मेडिकल साम्रगी हस्तान्तरण गर्दै प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ ।
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ स्थित बाढीले भत्काएको सडक । 
बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ स्थित खरखरे भीरमा बिहीबार बिहान पहिरो आएको स्थानबाट जोखिम मोलेर यात्रा गर्दै पैदलयात्रु । 
पोखरा महानगरपालिका–७ रत्नचोकमा चैते धानको पराल सुकाउँदै महिला ।
छेडागाड – मोर्क शिवालय हुँदै जुनिचाँदे जोड्ने सडक । मोर्क नजिक पहिरो जाँदा दुई दिनदेखि अवरुद्ध भएको सडक खुलाउन प्रयोग गरिएको डोजर । 
कैलालीको जानकी गाउँपालिकाका प्राविधिक किसानलाई फलफूलका बिरुवा वितरण गर्दै । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन आँप र लिचीका एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको छ । 
दाङको घोराही उपमहानगरपालिका– १२ मा निर्माण गरिएको भवानी सिँचाइ योजनाको संरचना । सिँचाइ संरचना निर्माण भएपछि किसानलाई सहज भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: