×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण, कञ्चनपुरको यातायात कार्यालयमा चरम लापरवाही !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले विभिन्न स्थानमा लगातार परेको वर्षका कारण बाटोघाटो बिग्रिएका जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारणदेखि कञ्चनपुरको भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार सवारी साधनको नवीकरण गर्न लामबद्ध सेवाग्राहीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं फोटो समाचार :
जुम्लाको गुठीचौर गाउँपालिकास्थित कच्ची सडकमा फसेको  प्रेसको मोटरसाइकल  । सडक ग्राभेलिङ नहुँदा बर्खामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता   छ ।
बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै । उक्त खोलामा गण्डकी प्रदेश सरकारले करीब रू छ करोडको लागतमा पुल निर्माण शुरु गरेको भएपनि वर्खा लागेका कारण निर्माणमा ढिलो भएको छ ।
व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक लेदो आएर हिलाम्य भएको सडक । आइतबार रातिदेखि परेको भीषण वर्षाका कारण व्यासमार्गका अधिकांश ठाउँ  हिलाम्य भएको छ ।
आइतबार रातिदेखि परेको भीषण वर्षापछि तनहुँको मादी नदीमा आएको बाढीले डुबानमा परेको व्यास नगरपालिकास्थित शिवपञ्चायन क्षेत्र ।
तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा सोमबार पहिरोले घर पुरिँदा बेपत्ता भएकाको खोजी गर्दै प्रहरी  र स्थानीयवासी । स्थानीय अनबहादुर थापाको घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता  भएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार सवारी साधनको नवीकरण गर्न लामबद्ध सेवाग्राही । आर्थिक वर्ष समाप्त हुनै लाग्दा कार्यालयमा सवारी साधन नवीकरण गर्नेहरुको घुइँचो लागेको हो । 
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले निर्माण गरेको बहुउपयोगी भवन । विभिन्न क्षेत्रबाट सङ्कलित रु २८ करोड लगानीमा दीक्षान्त सभा आयोजना गर्न मिल्ने चार हजार सिट क्षमताको सभाहल र  विभिन्न खेलकुद प्रतियोगिता गर्न मिल्ने गरी सो भवन निर्माण भइरहेको छ ।
बाजुराको बूढीगंगा नगरपालिका–१ अम्कोटमा पर्ने साँफे–मार्तडी राजमार्ग सडकखण्ड भासिएका कारण सवारी साधन नचल्नाले सामान बोकेर ल्याउँदै स्थानीयवासी ।
आइतबार रातिदेखि परेको भीषण वर्षापछि तनहुँको बुल्दीखोलामा आएको बाढीले डुबानमा परेका घर ।
साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले व्यावसायिकरुपमा शुरु गरेको ड्रागन फ्रुट खेती । जग्गा भाडामा लिएर शेयर लगानीमा शुरु गरिएको ड्रागन फ्रुटको व्यावसायिक खेतीका लागि गाउँपालिकाले समेत सहयोग गरेको छ । 
हिमाली जिल्ला मुस्ताङ्गको प्रसिद्ध धार्मिकस्थल वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ मा कागबेनी र पृष्ठभूमिमा निलगिरि हिमाल । कृष्ण गण्डकीको सङ्गगमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुशी पाउने जनविश्वास छ ।
जाजरकोट भेरी नगरपालिका–१ होलुज्यूलामा लगाइएको धानबाली । जिल्लाको सबैभन्दा बढी धान होलुज्यूलामा उत्पादन हुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: