×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भोकले सडकमा भौतारिँदै पशुचौपाया, बागलुङका महिलालाई खानेपानीको जोहो गर्नै सकस !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ असार २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : भोकले सडकमा भौतारिँदै पशुचौपाया, बागलुङका महिलालाई खानेपानीको जोहो गर्नै सकस !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले धनगढीका सडकमा भोकले भौतारिँदै गरेका पशुचौपायाहरुदेखि लगातार भएको वर्षाका कारण धारामा धमिलो पानी आएपछि पिउनका लागि मूलको पानी ल्याउँदै बागलुङ बजारका गृहणीसम्मका  दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं फोटो समाचार :
धनगढीमा निर्माणाधिन मोहना–अत्तरिया सडक खण्ड अन्र्तगत बोराडाँडी बजार सडकमा रहेका छाडा पशुचौपायाहरु । छाडा चौपायाहरु दिनभर बजारका सडकमा हिडडुल गर्ने गरेका कारण सवारी साधन आवत–जावतमा समस्या हुने गरेको छ भने रातिका समयमा कृषकले लगाएका खाद्यान्न बाली सखाप पार्ने गरेका कारण यहाँका कृषकले हैरानी बेहोर्नु परेको छ । 
लम्की टीकापुरको  हिलाम्मे सडक । चार वर्षअघि कालोपत्रे गरिएको सडक भत्किएर वर्षात् समयमा हिलाम्मे  भई  मानिस र सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
तनहुँको डमौलीघाट नजिकै सेतीनदीले बगाएर ल्याएको दाउरा निकालेर गन्तव्य तर्फ लैजाँदै एक दम्पत्ती । सो नदी आसपास क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस नदीमा पानीको वहाव बढेपछि जोखिम मोलेर दाउरा निकाल्न जाने गर्दछन् । 

पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित ढुङ्गे साँघुको दृश्य । अबिरल बर्षाले यति बेला सेती नदी खोँचमा धेरै ठाउँमा पहिरो गएको छ । 
लमही नगरपालिका–५ का किसान खेतमा धान गोड्दै ।  यस वर्ष समयमै मनसुन सुरु भएकाले असार महिनामै धान  गोड्न किसानलाई चटारो भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका–२ मा डिपबोरिङका लागि जग्गा उपलब्ध गराउने दाता कमला ओझालाई सम्मान गर्दै नगरप्रमुख मञ्जु मलासी । प्रदेश सरकारको रु २० लाखको लागतमा सो वडामा डिपबोरिङबाट पानी निकालिएको छ 
काठमाडौँको बबरमहलमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघ ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा धान रोपाइँमा व्यस्त कृषक ।
लगातार भएको वर्षाका कारण धारामा धमिलो पानी आएपछि  पिउनका लागि मूलको पानी  ल्याउँदै बागलुङ बजारका गृहणी ।
बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्ने साँफे–मार्तडी राजमार्ग सडकखण्ड भासिएपछि सो क्षेत्रमा रोकिएका सवारी साधन । सडक पूर्णरुपमा बन्द भएकाले सदरमुकामको सम्बन्ध विच्छेद  भएको छ । 
सप्तरीमा कोशी नदीले बगाएर ल्याइरहेको अवस्थामा स्थानीय अरुण मुखियाले फेला पारेको हरिण । इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको हरिणलाई जिल्ला वन कार्यालयमा बुझाउने सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभएको छ । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति झरेको  पहिरोले क्षति पुगेको घर । पहिरोले मानवीय क्षति भने भएको छैन ।
चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा चर्दै गरेका जरायो र चित्तलको बथान । वनमा एक गैँडा, चित्तल, मृग, जरायो, मयूरलगायतका जीवजन्तु सहजै देख्न सकिन्छ । 
बन्दाबन्दी केही खुकुलो भएको हो, घरबाट बाहिर निस्किँदा मास्कको प्रयोग गरौं, कोरोना भाइरस रोगबाट आफू पनि बचांै र अरुलाई पनि बचाआँै भन्ने सन्देश माइकिङमार्फत मेलम्चीमा दिँदै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुरक्षाकर्मी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: