
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीलेदुई दिनदेखि लगातार भएको वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानी क्षेत्रमा डुबानमा परेको स्थानीयवासीका घरदेखि बन्दाबन्दीमा सैलुन खोल्न नपाएपछि फलफूलको अस्थायी व्यापार गर्दै इटहरीका एक सैलुन व्यवसायीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं फोटो समाचार :
दुई दिनदेखि लगातार भएको वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानी क्षेत्रमा डुबानमा परेको स्थानीयवासीको घर । बजार र आसपासका क्षेत्रमा पानीको निकास नहुँदा बर्षातमा यहाँ डुबानको समस्या हुँदै आएको छ ।

बन्दाबन्दीमा सैलुन खोल्न नपाएपछि फलफूलको अस्थायी व्यापार गर्दै इटहरीका एक सैलुन व्यवसायी ।

बाँसको चोया निकालेर छत्री बनाउँदै राइनास नगरपालिकाका ८७ वर्षीय गिरीधारी पन्थी । विषेशगरी वर्षायाममा रोपाइँ तथा मेलापात गर्दा घाम र पानीबाट सुरक्षित हुनका लागि किसानले टाउकामा लगाउने गर्दछन् ।

बाँसको चोया निकालेर छत्री बनाउँदै राइनास नगरपालिकाका ८७ वर्षीय गिरीधारी पन्थी । विषेशगरी वर्षायाममा रोपाइँ तथा मेलापात गर्दा घाम र पानीबाट सुरक्षित हुनका लागि किसानले टाउकामा लगाउने गर्दछन् ।

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनी गाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र घरपझोङ गाउँपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क सौर्य विद्युत प्रणाली वितरण ।

गाउँ छेउकै पानी कुलोमा हेलका प्रयोग गरी माछा मार्दै थारु महिला ।

झापामा जनस्तरबाट पिसिआर ल्याब स्थापनाका लागि ‘एकका लागि एक अभियान’ लाई रु एक लाख ११ हजार १११।–सहयोग गर्दै कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी । अभियानबाट रु एक करोड सङ्कलन भएको र प्रदेश सरकारसँग समन्वय गरी केही दिनभित्र झापामा पिसिआर ल्याब सञ्चालनमा ल्याइने अभियान संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लामबद्ध भएर बसेका सर्वसाधारण ।

बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक बढेपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्घ निकुञ्ज परिसदभित्र अनुगमन गर्दै ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ५ मुभुङ्गस्थित नयाँदेवी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा टिमुरका बिरुवा रोप्दै स्थानीय बासिन्दा । आयआर्जनका लागि एक हजार टिमुरका बिरुवा उक्त वन क्षेत्रमा रोपिएको छ ।

रावाबेँसी गाउँपालिकाको कार्यालय अगाडिको सडक ढलान गर्न ढुङ्गा बिच्छ्याउँदै कामदार ।

लमजुङ जिल्लाकै सबैभन्दा ठूलो साहिलीटार फाँटमा रोपाइँ गर्न धानको बीउ काढ्दै राइनास नगरपालिका–१ का किसान ।

म्याग्दी नदीमा पानीको सतह बढेपछि कुडुले जाल थापेर माछा मार्दै युवक । म्याग्दी नदीका असला र भुरा जातका माछा पाइन्छन् ।

चार दिनदेखिको लगातार वर्षातका कारण डोटीको दिपायल पिपल्ला बजार नजिक रहेको सेतीनदीमा बढेको पानीको बहाब ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्