×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार २२८ पुग्यो !

बागलुङ
  • अर्थ  सरोकार सम्बाददाता 
कास्की । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टी  भएको हो । 
नयाँ संक्रमितमा कास्की पोखरा महानगरपालिकाका १ जना, नवलपरासी सुस्तापूर्वका ११ जना, म्याग्दीका ९ जना, गोरखाका १ जना र तनहँुका ३ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । संक्रमितलाई सम्वन्धित जिल्लाको आईसोलेशनमा लैजाने तयारी भइरहेको पनि उनले बताए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार २२८ पुगेको छ । प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: