Skip to content
LAXMI SUNRISE BANK

६ वर्षीय बालकसहित ३ जना कोरोना संक्रमित फेला, गण्डकी प्रदेशमा कति पुग्यो संक्रमित ?

अर्थ सरोकार

तनहूँ
अर्थ सरोकार सम्बाददाता 
पोखरा – बागलुङ र तनहूँमा थप ३ जना कोरोना संक्रमित फेला परेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ । यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ९१ पुगेको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK